इन्टरपोलका अध्यक्ष ‘चीनमा बेपत्ता’

 असोज १९, २०७५ शुक्रबार १८:५६:५७ | रासस
unn.prixa.net

इन्टरपोलका अध्यक्ष चीन भ्रमणका क्रममा बेपत्ता भएको उनकी श्रीमतीले जानकारी दिएकी छिन् ।

अध्यक्ष मेङ होङवेइकी श्रीमतीले आफ्ना ६४ वर्षका श्रीमान सम्पर्कविहीन भएको बताएको फ्रान्सको न्यायिक कार्यालयले शुक्रबार जनाएको छ । उहाँले सेप्टेम्बरको अन्तिम दिनदेखि आफ्ना श्रीमानको बारेमा थप केही थाहा नपाएको जानकारी दिनुभयो । फ्रान्सको लियोनबाट चीन प्रस्थान गर्नुभएका मेङ चीन पुगेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

दुवै पक्षका अधिकारीहरूले उहाँको खोजी र थप अनुसन्धान भइरहेको पनि बताएको समाचारमा जनाइएको छ । इन्टरपोलले पनि आफ्ना अध्यक्ष वेपत्ता भएको बारेमा विज्ञप्ति प्रकाशित गरी सरोकारवालाहरूलाई जानकारी गराएको छ ।

‘फ्रान्स र चीनका सरोकारवाला अधिकारीहरूको हामी ध्यानाकर्षण गराउन चाहन्छौ’, विज्ञप्तिमा भनिएको छ । अन्तर्राष्ट्रिय प्रहरी निकायको रुपमा रहेको इन्टरपोलले आफ्नो संयन्त्रलाई पनि उहाँको खोजीका लागि परिचलन गर्ने भएको छ ।

मेङ सन् २०१६ को नोभेम्बरमा इनटरपोलको अध्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँको कार्यकाल आउँदो सन् २०२० सम्म रहेको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया