एन्फा कम्प्लेक्सको मैदानमा अस्थायी प्यारापेट निर्माणको काम तीव्र

 असोज १९, २०७५ शुक्रबार १९:५२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्सको मैदानमा अस्थायी प्यारापेट निर्माणको काम तीव्र रुपमा अघि बढेको छ ।

मैदानमा दर्शक क्षमता बढाउने उद्देश्यले अस्थायी प्यारापेट निर्माण गरिन लागेको हो । अहिले मैदानको पश्चिम र दक्षिण भागमा रहेको दर्शकदिर्घा २२०० क्षमताको छ । अस्थायी प्यारापेट ११०० दर्शक क्षमताको रहनेछ ।

एसियाली फुटबल महासंघले प्यारापेटका लागि एक लाख ३० हजार डलर सहयोग गरेको थियो । प्यारापेट तिहारसम्ममा तयार हुने एन्फाले जनाएको छ ।

यो प्यारापेट खोल्न र जोड्न मिल्ने भएकाले अन्य स्थानमा पनि प्रयोग गर्न सकिन्छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया