हेलिकप्टर चढेर कपुरगाउँमा पहिलो पटक सीडीओ पुग्दा...

 असोज २०, २०७५ शनिबार ६:५५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – उत्तरी धादिङको विकट मानिने कपुरगाउँमा पहिलो पटक प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे पुग्दा गाउँलेले सुरक्षाको माग गरेका छन् । 

नमस्ते ग्रामिण विकाससमाज को १२ औँ साधारणसभा र सामाजिक लेखापरीक्षण कार्यक्रमका लागि हेलिकप्टर चढेर  शुक्रबार रुबिभ्याली गाउँपालिका वडा नम्बर –५ , कपुरगाउँ पुग्दा गाउँलेले आफूहरुको सुरक्षाको व्यवस्था हुनुुपर्ने माग गरेका हुन् । 

समक्ष शान्ति सुरक्षा माग गरेपछि प्रजिअ पाण्डेले प्रहरीको युनिटहरु राखेर गाउँका नागरिकलाइ सुरक्षा प्रदान गर्न लागि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रदेश सभा सदस्य जगत सिम्खडाले उत्तरी धादिङ र लापा क्षेत्रको लागि सडक, खानेपानी विद्ध्यालय, स्वास्थ ,सञ्चार र पर्यटन विकासको लागि प्रदेश सरकार लागि परेको र पर्याप्त बजेट विनियोजन गरेको बताउनुभयो।

कपुरगाउँ सदरमुकामबाट ४ दिनको पैदल दूरीमा पर्छ । सडक नपुगेको गाउँमा बिरामी पर्दा समेत उपचारका लागि  अस्पताल लैजान समेत कठिन छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Bajrangi Singh

    Oct. 6, 2018, 10:56 a.m.

    Sai ho ....

  •  0 Reply

तपाईको प्रतिक्रिया