प्यूठानप्रति म र देश ऋणी छ : प्रचण्ड

 असोज २०, २०७५ शनिबार ११:३३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्यूठान जिल्लाको ऋणी भएको बताउनुभएको छ । 

नेकपाको भातृ संगठन प्यूठान–काठमाडौं सम्पर्क मञ्चले गरेको शुभकामना तथा चियापान कार्यक्रममा प्रचण्डले प्यूठानले देशको राजनितिक र सामाजिक परिवर्तनमा ठूलो योगदान गरे पनि आफू र राज्यले प्यूठानको लागि खास काम गर्न नसकेको बताउनुभयो । नेपालको कम्युनिष्ट आन्दोलनका हस्ती जन्माउने प्यूठानको विकासमा अब सबै मिलेर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

कार्यक्रममा अध्यक्ष प्रचण्डले तल्ला कमिटीको पनि एकता प्रकृया चाँडै टुंगिने बताउनुभयो । 

‘केही शक्तिले हाम्रो एकता दिगोहुन नदिन षड्यन्त्र गरिरहेका छन, तर हामी उनीहरुको त्यो योजना पूरा हुन दिनेछैनौँ’, उहाँले भन्नुभयो । 

सरकारले नागरिकका अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै प्रचण्डले अब विकास निर्माणका कामले गति लिने पनि दावी गर्नुभयो । 

‘पहिलो गियरमा हुँदा गाडीले पनि गति नलिएको जस्तो हुन्छ, असन्तुलित जस्तो हुन्छ, तर गियर परिवर्तन गर्दै जाँदा स्पिड लिन्छ, सरकार पनि अब गियर चेन्ज गरेर काम गर्छ र नागरिकलाई दुइतिहाइको अनुभव दिन्छ’, प्रचण्डले भन्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

1 Comments

  • प्रेम बहादुर बिश्वकर्मा

    Oct. 6, 2018, 10:47 p.m.

    माननीय नेता ज्युहरुले कार्यक्रममा मिठा भाषण दिन खप्पिस हुनुन्छ तर काम पटक्कै गर्नु हुन्न केपि ओलि ज्यु त आस गर्नु र गफ दिने मात्र हो भने प्रचण्ड त झन चाप्लिसे कहिले काङ्ग्रेस सङ्ग ठिक्क कहिले एमाले सङ्ग उहा त देश बिकास भन्दा पार्टी मिलाउन बेस्त काङ्ग्रेस सङ्ग हुदा एमालेलाई दोष एमाले सङ्ग हुदा काङ्ग्रेसलाई दोष दिने त प्रचण्डको निरन्तर काम नै भयो।यी नेता त भ्रष्ट नै हुन त्यस्मा पटकपटक भोट हलेर तिनैलाइ जिताउने नेपाली जनता भेडो हुन अहिलेसम्म भन्न लायक ३/३ वटा काम बताउन सक्छन् यि नेता हरु देशको लागि १%काम गरेका छैनन केवल मोजमस्ती र गफ अनि यास आरम बाहेक

  •  0 Reply

तपाईको प्रतिक्रिया