महोत्तरीका एक दम्पत्तिलाई ब्लडमनी जुटाउन समस्या

 बैशाख २२, २०७५ शनिबार १०:९:४८ | धनवीर महतो
unn.prixa.net

महोत्तरी, वैशाख २१ – ब्लडमनी जुटाउन सहयोगका लागि महोत्तरीका एक दम्पत्तिले आग्रह गरेका छन् । औरही नगरपालिका १ का श्यामकिशोर र गीतादेवी चौधरीका परिवारलाई कतारमा मृत्युदण्ड पाएका छोराले तिर्नुपर्ने ब्लडमनी जुटाउन समस्या परेको हो ।

ब्लडमनी जुटाउन नसकेपछि श्यामकिशोरको परिवारमा चिन्ता छाएको छ । रोजगारीका लागि ३ वर्षअघि कतार पुगेका २२ वर्षे अनिल चौधरी एक कतारी नागरिकको हत्या अभियोगमा जेलमा छन् । मृतक कतारी नागरिकका परिवारले ३० हजार रियाल (झण्डै नौ लाख रुपैयाँ) मागेको अनिलका बुबा श्यामकिशोरले जानकारी दिनुभयो ।

ब्लडमनीका लागि पैसा जुटाउन आफूलाई समस्या परेको अनिलका बुवा श्यामकिशोरले बताउनुभयो । उहाँका अनुसार तोकिएको ब्लडमनी आउँदो १५ मे सम्ममा बुझाउनु पर्नेछ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया