चप्पल लगाएर गाडी चलाए लाइसेन्स नै खारेज हुने

 असोज २०, २०७५ शनिबार ११:५६:९ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम  – जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुमले सवारी चालकलाई अनिवार्य जुत्ता लगाएर मात्र सवारीसाधन चलाउन आग्रह गरेको छ । दुर्घटनालाई कम गर्न सवारी चालकलाई जुत्ता अनिवार्य गरिएको प्रहरीले जनाएको छ । 

सार्वजनिक सवारीका चालकहरुले चप्पल लगाएर सवारी चलाएको भेटिए लाइसेन्स खारेज सम्मको जरिवाना गरिने ट्राफिक प्रहरीको भनाइ रहेको छ । दसैँ, तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम सुरु गरिएको हो । चालकले जुत्ता लगाउनै पर्ने पुरानो नियमलाई पुनःकार्यान्वयनमा ल्याइएको हो । 

सवारी चालक अनुमतिपत्र व्यवस्थित गर्ने निर्देशिका–२०६९ को दफा २ मा जुत्ता लगाउनुपर्ने नियम रहेको छ । ट्राफिक प्रहरीले म्याङलुङ र वसन्तपुर बजारसहित अन्य बजारहरुमा समेत ट्राफिक जाँचलाई कडाई गरेको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया