काठमाडौंमै हराभरा धान फाँट

 असोज २०, २०७५ शनिबार १२:२६:३५ | उज्यालो सहकर्मी

काठमाडौंलाई कंक्रिटको जंगल भनिन्छ । खेतीयोग्य भूमि सबै ढाक्नेगरी घर वा ठूला भवन बनाउने क्रम बढ्दै गएपछि काठमाडौंलाई कंक्रिटको जंगलजस्तो लाग्छ पनि । तर घर नभएका खाली जग्गामा अहिले पनि उसैगरी खेती हुन्छ । 

अहिले काठमाडौं उपत्यकाका खाली रहेका जग्गा र फाँटमा धान झुल्न थालेका छन् । कतिपय ठाउँमा धान पाकेर पहेँलपुर भएको छ । 

उपत्यकाका तीन जिल्लामध्ये भक्तपुर धान खेतीका लागि उपयुक्त मानिन्छ । चक्रपथभन्दा बाहिर रहेका काठमाडौं र ललितपुरका खाली जग्गामा पनि धान खेती राम्रो हुन्छ । उपत्यकामा खुमल–४, खुमल–८ र खुमल–१०, खुमल–११ तथा खुमल–१३ जातका धान खेती गर्ने गरिएको छ । 

उपत्यकाको माटो धान लगायत तरकारी खेतीका लागि उपयुक्त मानिन्छ ।

 

 

 

तस्बिर : कृष्ण गुरागाईं र मिलन तिमिल्सिना
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया