गुणस्तरीय अलैँची उत्पादन गर्न किसानलाई सुधारिएको अलैँची भट्टी

 जेठ २४, २०७५ बिहिबार १०:५०:४४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङका किसानलाई सुधारिएको अलैँची भट्टी अनुदानमा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको अलैँची जोन कार्यक्रमअन्र्गत जिल्लाका व्यावसायिक अलैँची उत्पादक किसान एवम् कृषक समुहलाई ८५ प्रतिशत अनुदानमा सुधारिएको अलैँची भट्टी वितरण गरिएको हो ।

अलैँची जोन कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न व्यक्ति तथा कृषक समूहलाई गरी १५ वटा सुधारिएको अलैँची भट्टी वितरण गरिएको अलैँची जोन कार्यक्रम लमजुङका प्रमुख एवम् वरिष्ठ कृषि अधिकृत गोविन्दराज कोइरालाले जानकारी दिनुभयो ।
 
‘अलैँची उत्पादक किसान एवम् कृषक समूहलाई ८५ प्रतिशत अनुदानमा आधुनिक सुधारिएको अलैँची भट्टी वितरण गरेका छौँ, बाँकी १५ प्रतिशत रकम उहाँहरु आफैले खर्चेर भट्टी घर निर्माण गर्नुहुनेछ,’ कोइरालाले भन्नुभयो ।

उहाँका अनुसार गुणस्तरीय अलैँची उत्पादन गर्ने हेतुले किसान तथा कृषक समूहलाई सुधारिएको अलैँची भट्टी वितरण गरिएको हो ।

जिल्लामा अलैँची उत्पादनका लागि पकेट क्षेत्र मानिएका २९ वडामा प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत अलैँची जोन कार्यक्रम सञ्चालन भएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया