स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ कानुन पढाउँदै कांग्रेस !

 असोज २०, २०७५ शनिबार १५:४:११ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – भदौ १ गतेदेखि लागू गरिएको मुलुकी फौजदारी र देवादी संहिता र  स्थानीय तहको अधिकार, कर्तव्य र दायीत्व सम्बन्धी जानकारी गराउने उद्देश्यले नेपाली कांग्रेस गुल्मीले आफ्ना जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन शुरु गरेको छ ।

नेपाली कांग्रेस अन्र्तगत गठन भएको स्थानीय तह विभागको आयोजनामा नेपाली कांग्रेसवाट गुल्मी जिल्लाको स्थानीय तहमा निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई लक्षित गरी प्रशिक्षण सञ्चालन गरिएको हो ।

सदरमुकाम तम्घासमा सञ्चालन गरिएको त्यस कार्यक्रममा नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन, मुलुकीय फौजदारी र देवानी संहिता, संवैधानिक मौलिक हकहरु, आर्थिक अनुशासन र प्राविधिक ज्ञानलगायतका विभिन्न विषय बस्तुहरुको बारेमा जनप्रतिनिधिहरुलाई जनाकारी दिइएको नेपाली कांग्रेसका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले बताउनुभयो ।

कार्यक्रमबाट नयाँ कानुनमा लागू गरिएका विषय बस्तुहरुको बारेमा जनाकारी गराएपछि स्थानीय तहका जनप्रतिनिधिहरुलाई काममा थप सहजता हुने र स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो अधिकार, कर्तव्य र दायीत्व बुझ्ने नेपाली कांग्रेस गुल्मीले जनाएको छ ।

प्रशिक्षणमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बद्री पाण्डे, जिल्ला न्याधिवक्ता लक्ष्मण घिमिरे, जिल्ला अदालत गुल्मीका श्रेस्तेदार दुर्गा बस्याल, नेपाल बार एसोसियसन गुल्मीका पूर्व अध्यक्ष विष्णु वलाल, प्रशिक्षण विभाग प्रमुख छन्द पहराई, चन्द्रकोट गाउँपालिका अध्यक्ष दोर्णबहादुर खत्री, सीता घिमिरेलगायतका व्यक्तिहरुले नयाँ मुलुकी फौजदारी, देवानी संहिता, स्थानीय तहको कानुन लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेतारुहरुले कांग्रेसबाट जिल्लाको स्थानीय तहमा निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगर तथा गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालीका सदस्य र अन्य सदस्यहरुलाई राज्य शक्तिको दुरुपयोग नगरी पाँच वर्ष भित्रमा राम्रो काम गरेर पार्टी र नागरिकको शिर उचो हुने गरी कार्य सम्पादन गर्न निर्देशन दिएका थिए । 
 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया