एम्बुलेन्स किन्न भलिबल प्रतियोगिता !

 असोज २०, २०७५ शनिबार १५:३४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

प्युठान – प्यूठानको झिमरुक गाउँपालिकामा एम्बुलेन्स किन्न सहयोग जुटाउन भलिबल प्रतियोगिता हुने भएको छ ।

एम्बुलेन्स किन्ने रकमको जोहो गर्न इनरजेटिक युथ क्लबले असोज ३० र ३१ गते भलिबल प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष हरि पोख्रेलले जानकारी दिनुभयो ।

प्युठानमा पर्याप्त एम्बुलेन्स छैनन् । बिरामीको लागि जिल्ला अस्पताल बिजुवारबाट एम्बुलेन्स मगाउँदा झिमरुक गाउँपालिकासम्म आउन २ घण्टा लाग्ने गरेको छ । गाउँपालिकामा एम्बुलेन्स नहुँदा गम्भीर प्रकृतिका बिरामीको बाटोमै ज्यान जाने गरेको र सुत्केरी महिलाहरुले धेरै समस्या भोग्नुपरेको छ । 

भलिबल प्रतियोगिताबाट जम्मा भएको पैसा र अन्य सहयोगबाट एम्बुलेन्स किन्ने पनि क्लबका अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया