वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट भारतले एक इनिङ  र २ सय ७२ रनले जित्याे

 असोज २०, २०७५ शनिबार १५:४१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा भारत एक इनिङ  र २ सय ७२ रनले विजयी भएको छ ।

भारतले फलो अनमा परेको वेस्टइन्डिजले दुवै पारी तेस्रो दिन नै समाप्त पारेकाे थियो । ६सय ९४ रन बनाएर पहिलो पारी समाप्त गरेको भारतले दोस्रो पारी खेल्नै परेन ।

पहिलो पारीमा १८१ रन बनाएर अल आउट भएको वेस्टइन्डिज फलो अनमा पर्दै शनिवार दोस्रो पारी शुरु गरेको थियो । तर वेस्टइन्डिजले दोस्रो पारीमा जम्मा ५० दशमलब ५ ओभर खेल्दै १९६ रनमा अल अाउट भएपछि  भारतलाई ठूलो अन्तरको सफलता हात लागेको हो ।

भारतलाई सफलता दिलाउन मोहम्मद सामीले ५ विकेट लिए भने रविन्द्र जडेजाले ३ तथा रविचन्द्रन आश्विनले २ विकेट हात पारे ।  वेस्टइन्डिजका कायरन पवेलले ८३ रन बनाउनुबाहेक अरुले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतले डेढ दिनमा विशाल योगफल तयार पारेको थियो । भारतका लागि डेब्यु टेस्ट खेलिरहेका पृथ्बी शाले १३४, कप्तान विराट कोहलीले १३९ तथा रविन्द्र जडेजाले नट आउट १ सय रन बनाएका थिए ।

वेस्ट इन्डिजलाई फलो अनमा पार्नका लागि भारतका  रविचन्द्रन आश्विनले ४ तथा मोहम्मद सामीले २ विकेट लिएका थिए । वेस्ट इन्डिजले पहिलो पारीमा १८१ रनमै समेटिए पछि ४६८ रनले पछि पर्दै फलो अनमा रहेर फेरि ब्याटिङ शुरु गरेको थियो ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया