माटाेको ढिस्कोले पुरिएर छाेरीको ज्यान गयाे, अामा घाइते

 असोज २०, २०७५ शनिबार १७:५७:१० | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यानमा माटोको ढिस्कोले पुरिएर शनिबार एक महिलाको ज्यान गएको छ भने अर्की महिला घाइते भएकी छिन् ।

घटनामा शारदा नगरपालिका वडा नम्बर–८, ज्वालापुरमा बस्ने २१ वर्षीया सन्जु बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दसैं तिहार नजिकिंदै गर्दा घर लिप्नका लागि वडा नम्बर–९ मा रहेको नेपानेको जंगलमा गएर माटो खन्ने क्रममा ढिस्कोले पुरिएर ४२ वर्षीया लक्ष्मी पुन र उनीकी छोरी सन्जु घाइते भएका थिए ।

घाइतेमध्ये सन्जुको उपचारको लागि अस्पताल पुर्याउँदै गर्दा बीच बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी विरेन्द्र बहादुर शाहीले बताउनुभयो । 

उनकी आमा भने जिल्ला अस्पताल सल्यानमा उपचारपछि घर फर्किएकी छिन् ।घटना शनिबार बिहान करिब पौने ८ बजे घटेको प्रहरीले जनाएको छ ।  
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया