कश्मीरमा बस दुर्घटना, २० जनाको ज्यान गयो

 असोज २०, २०७५ शनिबार १८:२७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

भारत नियन्त्रित क्षेत्र कश्मीरमा शनिबार सडक दुर्घटना भएको छ ।

पहाडी इलाकाको चिप्लो बाटोमा यात्रा गरिरहेको एक मिनिबस दुर्घटनामा परी कम्तीमा २० जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । ११ जनालाई हवाईमार्फत अस्पताल लगिएको छ ।

 

यात्रुवाहाक मिनि बस शनिबार बिहान नदीमा खसेर दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन् । बेनीहलबाट रमबन जाँदै गरेको मिनि बस दुर्घटनामा परेको हो । उद्धारकर्ता, प्रहरी तथा सेनाले उद्धारको माक गरिरहेको जनाइएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया