अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
धनुषा – जनकपुरमा नक्कली नागरिकता बनाउन खोज्ने एक भारतीयसहित एक दम्पति प्रहरीको फन्दामा परेका छन् ।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–१४, रजौल बस्ने ५५ वर्षीय मन्जुर अंसारी, उनकी श्रीमती ४८ वर्षीया सलमा खातुन र भारतको सीतामढी जिल्ला कोरियाही पञ्चायत भेमुवाका २४ वर्षीय तसिफ अंसारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेका तसिफ मन्जुरको साला रहेको र मन्जुरले उनलाई छोरा भनी नेपाली नागरिकता दिने तयारीमा रहेका बेला गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र शाहीका अनुसार उनीहरुको साथबाट प्रहरीले नागरिकता दिलाउन तयार पारेका सम्पूर्ण कागजात बरामद गरेको छ ।
पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
uttam dahal
Oct. 7, 2018, 12:01 a.m.तिनि हरु को नेपाली नागरिकता लाई पनि खारेजी गर्नु पर्छ सिके राउत का मानिस हरु हुन ।भाेलि नेपाली मधेसि जनतालाई दुख दिनेछन् ।