वरिष्ठ फोटो पत्रकार श्याम चित्रकार सम्मानित

 असोज २०, २०७५ शनिबार १९:१७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - खेलकुदका क्षेत्रमा चार दशकभन्दा बढी योगदान पुर्याएका वरिष्ठ फोटो पत्रकार श्याम चित्रकार सम्मानित हुनुभएकाे छ । चित्रकारलाई शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमकाबीच एन एस एफ स्पोर्टस ग्रुपले नगदसहित  सम्मान गरेको हो ।

वरिष्ठ फोटो पत्रकार चित्रकारलाई नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सम्मानपत्र हस्तान्तरण गर्नुभएकाे थियाे ।

त्यस अवसरमा एसियाली खेलकुदका पदकधारी र अन्य अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक जितेका खेलाडीहरु पनि सम्मानित भएका थिए ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया