कुवेतका नेपाली चालकलाई लागुऔषधको भरिया हुनबाट जोगिन आग्रह

 जेठ २४, २०७५ बिहिबार ११:४०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कुवेतमा रहेका नेपाली चालकलाई लागुऔषधको भरिया हुनबाट जोगिन आग्रह नेपाली दूतावासले आग्रह गरेको छ । 

लागु औषधका व्यापारीले कुवेतदेखि इराकको रुटमा चल्ने गाडीमा चालकले थाहै नपाई राखेर लागुऔषध ओसारपसार गर्ने गरेको पाइएको भन्दै दूतावासले सचेत हुन आग्रह गरेको हो । 

आफूले चलाउने गाडी पार्क गरेको ठाउँमा र क्लियरेन्सका बेला लामो समयमा पालो पर्खिएका बेला लागुऔषधका व्यापारीले गाडीमा त्यस्ता सामान राखिदिने हुनाले यस्तो समयमा सचेत हुनुपर्ने दूतावासले जारीको गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसरी आफूले थाहै नपाई लागुऔषध गाडीमा रहेका बेला प्रहरीको जाँचका क्रममा फेला परेमा कुवेतको कानुन अनुसार सजाय भोग्नुपर्ने भन्दै दूतावासले सबैलाई सचेत गराएको हो 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया