‘म भ्रष्टाचार गर्दिन, तपाईँ पनि नगर्नुस्’

 असोज २०, २०७५ शनिबार २०:२४:२४ | रासस
unn.prixa.net

फाइल तस्बिर

जुम्ला – ‘भ्रष्टाचार नैतिकहिनको उद्यम हो । इज्जत सकिएकाको गलत पेशा हो । यो समाजबाट निरुत्साहित गर्न म प्रतिबद्ध छु र भ्रष्टाचार गर्दिन’,

जनप्रतिनिधिसँग शनिबार जुम्लामा आयोजित अन्तक्रिया कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्कल्प गर्नुभयो ।
कर्णालीमा डोजर आतङ्कको जनगुनासो आइरहँदा यसबाट सबै स्थानीय जनप्रतिनिधि पारदर्शी बन्न मुख्यमन्त्री शाहीले सुझाउनुभयो ।

‘म भ्रष्टाचार गर्दिन’, उहाँले भन्नुभयो, ‘र तपाईँ पनि नगर्नुस् ।’ अब विकासका लागि स्वच्छ प्रतिस्पर्धा गर्नुपर्ने र त्यसको सुरुआत जुम्लाबाट गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले अगाडि भन्नुभयो, ‘लगानी भित्र्याउने जिम्मा मेरो हो, तपाईँहरु यही सोचका साथ काम गर्नुहोस् ।’

मुख्यमन्त्री शाहीले कर्णालीले नयाँ सिकाइ, सकारात्मक सोचका साथ अघि बढ्न आत्मप्रेरित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । कर्णालीलाई अन्तर्राष्ट्रिय व्यापारी केन्द्रका बनाइने भन्दै विकृत चीजविरुद्ध अभियान थाल्नुपर्ने उहाँको भनाइ थियो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी भन्नुभयो, ‘नागरिकको त्याग र बलिदानबाट निर्मित इतिहासमा अपराध र कमजोरी नगरौँ । हामी स्थानीय सरकारका प्रमुखलाई पनि भुरेटाकुरे राजाको जस्तो दम्भ नपलाओस्, व्यवस्था असफल होइन, हामी असफल हुन्छौँ ।’

कर्णाली प्रदेशको समृद्धिको सपनामा सबै एकाकार हुन अपरिहार्य रहेको जनाउँदै कानूनमन्त्री भण्डारीले नमूनायोग्य र उत्कृष्ट स्थानीय तह निर्माणमा ध्यान दिएर प्रदेश समृद्धिमा सहयोग पुर्‍याउन जनप्रतिनिधिलाई अनुरोध गर्नुभयो ।

अन्तरक्रियामा जुम्लाका एक नगरपालिकाका प्रमुख, सात गाउँपालिकाका अध्यक्ष र ६० वटा वडाका वडाध्यक्षले स्थानीय सरकारको विगतको अनुभव, अनुभूति र विकास योजनाका विषयमा जानकारी गराउनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

1 Comments

  • नेपाली कानुन

    Oct. 6, 2018, 9:12 p.m.

    तीन पुस्तालाई पुग्ने गरि उर्जा मन्त्री हुँदा नै कुम्ल्याई सक्नु भयाे अब भ्रष्टाचार गर्दिनँ भन्नलाई लाज लाग्दैन ?

  •  0 Reply

तपाईको प्रतिक्रिया