युभेन्टसको जित, रोनाल्डोले पनि गरे गोल

 असोज २१, २०७५ आइतबार ६:५९:० | उज्यालो सहकर्मी
unn.prixa.net

इटालीयन शीर्ष डिभिजन सिरिए अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ ।

युडिनेसीविरुद्ध २–० को जित दर्ता गर्दै युभेन्टसले यो सिजन शतप्रतिशत जितको यात्रा कायम राखेको छ । युभेन्टसका लागि रोद्रिगो बेन्टान्कर र रोनाल्डोले एक – एक गोल गरेका थिए ।

खेलको ३३ औं मिनेटमा बेन्टान्करको गोलमार्फत युभेन्टसले अग्रता बनाएको थियो । उनले जाओ क्यान्सेलोको पासमा गोल गरेका थिए । पछिल्लो समय बलात्कारको प्रकरणका कारण चर्चामा रहेका पोर्चुगिज स्टार रोनाल्डोले ३७औं मिनेटमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । उनले मारियो मान्जुकिचको पासमा गोल गरेका थिए ।

जितसँगै युभेन्टसले आठ खेलबाट २४ अंक बनाएको छ । युडिनिसी भने आठ अंकसहित १५औं स्थानमा छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया