शानदार पुनरागमन गर्दै म्यानचेस्टर युनाइटेडको जित

 असोज २१, २०७५ आइतबार ७:२५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । पछिल्लो चार खेलको खराब प्रदर्शनपछि युनाइटेडले पहिलो जित हात पारेको हो ।

यसअघिका चार खेलमा दुईमा बराबरी र दुईमा हार ब्यहोरेका युनाइटेडले न्यूक्यासल युनाइटेडलाई दुईका विरुद्ध तीन गोलले पराजित गर्‍यो । घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको खेलमा न्यूक्यासलले लिएको दुई गोलको अग्रता उल्टाउँदै म्यान्चेष्टर युनाइटेडले तीन गोल गरेको थियो ।

सातौं मिनेटमा केनेडीले र १०औं मिनेटमा योसिनोरी मुतोले गोल गर्दै न्यूक्यासललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा सो अग्रता कायम राखे पनि न्यूक्यासलले दोस्रो हाफमा तीन गोल गर्‍याे। ७०औं मिनेटमा माटाले फ्रिकिकमार्फत गोल गर्दै न्यूक्यासलको अग्रता छोट्याए । ७६औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए ।

९०औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गरेपछि युनाइटेडले जित हात पारेको हो । जितसँगै युनाइटेड आठ खेलबाट १३ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ । न्यूक्यासल भने २ अंकका साथ रेलिगेसन जोनमा छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया