सलमानले भने– ‘सञ्जु’को कहानीमा कुनै कलाकारले न्याय गर्न सक्दैनन्

 जेठ २४, २०७५ बिहिबार १२:४:५३ | एजेन्सी
unn.prixa.net

बलिउडमा फिल्म ‘सञ्जु’ को चौतर्फी चर्चा छ । जून २९ मा प्रदर्शन हुने सञ्जय दत्तको जीवनीमा आधारित यो फिल्म हेर्नका लागि बलिउड दर्शकहरु साथ पर्खिरहेका छन । फिल्ममा सञ्जय दत्तको भूमिका निर्वाह गरिरहेका रणबीरको लुक र उनले गरेको अभिनयको पनि त्यतिकै चर्चा छ । 

यसैबीच सञ्जय दत्तका नजिकका साथी सलमान खानले यस फिल्मलाई लिएर गरेको टिप्पणीले भने सबैलाई छक्क पारिदिएको छ । सलमान खान अभिनेता रणबीर कपुरको अभिनयबाट खुशि छैनन् । 

सलमानले ‘सञ्जु’ का बारेमा भनेका छन् ‘बलिउड फिल्म उद्योगका कुनै पनि कलाकारले सञ्जय दत्तको भूमिका निर्वाह गर्न सक्दैनन् । फिल्मको पर्दामा एकजनाले मात्रै सञ्जयको भूमिका निर्वाह गर्न सक्छन्, त्यो स्वयम सञ्जय दत्त हुन् ।’

सलमानले उनको फिल्म ‘रेस ३’ को प्रमोशनको कार्यक्रममा भने ‘मलाई लाग्छ फिल्म ‘सञ्जु’ का लागि किन अरु कुनै कलाकारले सञ्जयको भूमिका निर्वाह गरिरहेको छ । सञ्जुको कहानीको लागि दोस्रो कुनै कलाकारले न्याय गर्न नै सक्दैन । केवल सञ्जयले मात्रै उनको कहानीलाई न्याय गर्न सक्छन ।

सलमानलाई ‘सञ्जु’को ट्रेलर हेर्नुभएको छ ? भन्ने प्रश्नमा उनले भने ‘हेरेको छु । राजकुमार हिरानी एकदमै उत्कृष्ट निर्देशक हुन् । मलाई विश्वास छ उनले राम्रो फिल्म बनाएका होलान् ।

सलमान खान यतिबेला उनको फिल्म ‘रेस ३’ को प्रमोशनमा व्यस्त छन् । ‘रेस ३’ मा सलमान खान सँगै अभिनेत्री ज्याकलिन फर्नान्डीज, डेजि शाह, अभिनेता अनिल कपूर, बबि देवललगायतको अभिनय रहेको छ । रेमो डिसुजाको निर्देशन रहेको यो फिल्म जून १५ मा प्रदर्शन हुनेछ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया