नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

 असोज २१, २०७५ आइतबार ११:२३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

यस्तै बैठकले विधान संशोधन मस्यौदा समितिको प्रगतिबारे जानकारी लिने र भातृ संगठन नेपाल विद्यार्थी संघको विधान टुंगो लगाउने छ । कांग्रेस केन्द्रीय समितिले नेविसंघको विधान अनुमोदन नगर्न १२ औं महाधिवेशनको पूर्वर्निधारित कार्यातालिका प्रभावित भएको छ ।

विधानकै कारण कात्तिकमा हुने १२ औं महाधिवेशन पनि अन्योलमा परेको छ । कांग्रेसको विधान मस्यौदा समितिले देशका विभिन्न ७ प्रदेशका १२ ठाउँमा गरेको छलफल र त्यसबाट आएका सुझावलाई केन्द्रीय समिति बैठकलाई जानकारी गराउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत २०, २०८०

तपाईको प्रतिक्रिया