टि-ट्वान्टी विश्वकप छनाैट: सन्दीप र करन चम्किएपछि नेपालले थाइल्याण्डलार्इ १४० रनले हरायाे

 असोज २१, २०७५ आइतबार १६:२४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

टि ट्वान्टी विश्वकपको एसिया उप क्षेत्रीय छनौटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ ।

अाइतबार भएको खेलमा नेपालले थाइल्यान्डलाइ डकवर्थ एण्ड लुइस नियमका आधारमा एक सय ४० रनको फराकिलो अन्तरले पराजित गर्‍यो ।

यसअघी मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा सात विकेट गुमाउदै एक सय ७२ रन बनाएको थियाे । तुलनात्मक रुपमा कमजोर मानिएको थाइल्यान्डविरुद्ध माथिल्लो क्रमका ब्याट्सम्यानले सोचे जस्तो प्रदर्शन गर्न सकेनन् । नेपालका कुनैपनि खेलाडीले अर्ध शतक प्रहार गर्न सकेनन् ।

नेपालले उत्कृष्ट सुरुवात गरेपनि त्यसलाइ निरन्त्रता दिन सकेन । दुइ दशमलब तीन ओभरमा २८ रन जोडेको नेपालले पहिलो विकेटका रुपमा अनिल शाहलाइ गुमाएको थियो । नेपालको पारीमा करण केसीले अविजीत ४०, शरद भेषावकरले ३४, दिपेन्द्र सिंह ऐरीले ३०, अनिल शाहले २५ र विनोद भन्डारीले १५ रन बनाए ।

कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ल भने सस्तैमा पवेलिभन फर्किए ।

ज्ञानेन्द्रले सात र पारसले ५ रन जोडे । आरिफ शेख आठ रनमा मैदान बाहिरिए । नेपालले एक सय २८ रनमा सात विकेट गुमाएको थियो । तर करण र सोमपाल कामीले आठौं विकेटका लागि ४४ रनको साझेदारी गरे । करणले आक्रमक ब्याटिङ गर्दै केवल १४ वलमा ४४ रनको योगदान दिए ।

दुइ चौका र चार छक्का प्रहार गरे । करणले अन्तिम ओभरमा लगातार तीन छक्का हिर्काएका थिए । सोमपाल चार रनमा अविजीत रहे । वलिङ तर्फ पायुपुथ सङनार्डले चार विकेट लिए । जवाफमा थाइल्यान्ड ८ ओभर ५ बलमा १८ रनको अवस्थामा भारी बर्षा भएपछि खेल संभव भएन ।

थाइल्याण्ड विरुद्ध नेपालका संदिप लामिछानेले पांच विकेट लिएपछि थाइल्यान्डको पारी ध्वस्त बनेको थियो । जारी प्रतियोगितामा सन्दिपले लगातार दुई खेलमा ५ विकेट लिएका हुन । उनले यसअघि मलेसिया विरुद्ध पनि ५ विकेट लिएका थिए ।

प्रतियोगितामा उनको कूल १४ विकेट पुगेको छ । पहिलो ओभर देखि नै विकेट गुमाउन सुरु गरेको थाइल्याण्डको पारीलाई नेपाली बलरले ध्वस्त पारे । थाइल्याण्डका कुनैपनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । करण केसीले तीन र ललित राजवंशीले एक विकेट लिए ।

नेपाल जारी प्रतियोगितामा अपराजित छ । आफ्नो पहिलो खेलमा म्यानमारलाइ आठ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसिया माथि पनि आठ विकेटकै जित हात पारेको थियो ।

 तस्वीर साैजन्य: रमन शिवाकाेटी

अन्तिम अपडेट: चैत २५, २०८०

2 Comments

  • Rajeshwor sapkota

    Oct. 8, 2018, 7:39 a.m.

    हामी नेपाली हो

  •  0 Reply
  • आकाश तामाङ्ग

    Oct. 7, 2018, 4:56 p.m.

    आज सम्म नेपालले खेल्दै आएको खेलहरू सबै जितेर आएको छ । र अब खेलीने खेलहरू पनि यस्तै आस लाग्दो र सदै नेपालको जित हेर्न पाऊन सबै नेपालीको यही चाहाना रहेको छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया