भोजपुर ग्यास लिक हुँदा आगालागी

 असोज २१, २०७५ आइतबार १७:२९:२ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – भोजपर सदरमुकाममा वडा सदस्यको घरमा आगालगी भएको छ ।

भोजपुर नगरपालिका वडा नं. ७ च्याङ्गवेनी चोकमा रहेको वडाध्यक्ष जयबहादुर तामाङको घरमा रहेको केएफसी होटलमा भान्सको ग्यास लिक भएर आगालागी भएको प्रहरीले जनाएको छ ।

घरमा सञ्चालित केएफसी होटलबाट सुरु भएको आगो झण्डै आधा घण्टापछि स्थानीयवासीसँगै प्रहरी र नेपाली सेनाको प्रयासमा निभाइएको थियो ।

आगालागीबाट केएफसी होटलसँगै अर्को एक किराना पसलको सबै सामान जलेर नष्ट भएको छ । आगालगीबाट मानवीय क्षति भने नभएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया