रामले मलाई भाउ नै दिनुहुन्थेन — गायिका जुनु रिजाल

 असोज २१, २०७५ आइतबार १९:२५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको  विवाह भएको १२ वर्ष पूरा हुँदैछ । 

१२ वर्षअघि मंसिर ९ गते उनीहरुको प्रेम विवाह भएको  हो । आउँदो मंसिर ९ गते उनीहरुको वैवाहिक सम्बन्धले १२ वर्ष पूरा गरेर १३ वर्षमा प्रवेश गर्दैछ । 

यी दुईको भेट संगीतले नै गराएको हो ।  एक पटक एउटा गीतको लागि रामलाई गायिका चाहिएको थियो । गायिकाकै खोजी भईरहेको बेला उनको भेट भयो जुनुसँग ।

यहि भेटले उनीहरुको सहयात्रा सुरु भयो । सुरु सुरुमा कामको सिलसिलामा भेट हुन्थ्यो । त्यहि भेटका क्रममा उनीहरु एकअर्काको नजिक भए । 

पहिलो भेटमै जुनुको आवाजले रामचन्द्र जुनुतर्फ आकर्षित भएका थिए । जुनुको आवाज र उनको गायकीले उनलाई प्रभाव पारेको थियो । 

त्यतिबेला गायिकाको लागि ओके गरेका उनले त्यसको केही समयपछि जीवन साथीकै रुपमा ओके गर्ने सोच बनाए । जुनुसँग कामको सिलसिलामा भेट्ने क्रममा उनी जुनुको मायामा परिसकेका थिए ।

त्यस्तै यता जुनुले पनि रामले आफूलाइ माया गर्ने छनक पाइसकेकी थिइन् । यहि कारण उनले आफ्नी आमालाई नै रामचन्द्र काफ्लेले मलाई प्रपोज गर्छ कि जस्तो लागिसकेको छ भनेकी थिइन् । 

पहिलो भेट भएको ६ महिलनापछि उनीहरु दुवै जनाले एकअर्कालाई मन पराउन थालेका थिए । रामले आफूप्रति गरेको व्यवहारले जुनुले रामले प्रपोज गर्ने अनुमान लगाएकी थिइन् । 

हुन पनि एक दिन यस्तै भयो । ट्याक्सीमा यात्रा गर्दै गर्दा रामले घुमाइफिराई जुनुलाई प्रपोज गरिछाडे । 

त्यस बखतको उनीहरुको कुराकानी पनि निकै नै चाख लाग्दो थियो । रामले जुनुलाई आफ्नो बनाउन आफ्नो लाइफमा भएका अन्य केहीलाई साइड लगाउनु पर्ने कुरा गरे जुन कुराले जुनुलाई अचम्मित बनायो ।

तर उनलाइ अरुले रामलाई मन पराउने र रामले पनि अलि अलि मन पराउने केही भएको थाहा थियो । कसैसँग पनि रामको गहिरो सम्बन्ध भने थिएन । जुनु भन्छिन् यदि उहाँको कसैसँग गहिरो सम्बन्ध हुन्थ्यो भने मेरो त चान्स नै थिएन । 

आफू रामसँग अफेयरमा रहँदाको समय सम्झँदै जुनुले भनिन्, ‘भर्खरै लभ परेको बेलामा त प्रेमिकाले भनेको जे पनि मान्ने हुन्छन् नी त प्रेमी । तर उहाँले त भाउ नै नदिने के मलाई । अचम्म लाग्ने । कुनै दिन घरसम्म पुर्याइदिनु न भन्यो भने नमान्ने । कहाँ त्यति माथि मण्डिखाटारसम्म, आफै जाउ न भन्ने भन्या ।’ 

जुनुले यति भनिसकेपछि रामले थपे्, ‘अहिले त यसको उल्टो भइरहेको छ । अहिले त उसले पेल्छ नि त मलाई ।’

जुनुले पनि विवाहको १२ वर्षमा यस्ता कुराहरुमा परिवर्तन आएको बताइन् । वैवाहिक सम्बन्धको १३ वर्षमा प्रवेश गर्दा राम र जुनुकी ७ वर्षीय एक छोरी छिन् । 

रामचन्द्रले दुइ साताअघि मात्रै एउटा गीत सार्वजनिक गरेका छन् । विदेशिएँ बोलको यस गीतमा विदेशमा पसिना बगाएर पैसा कमाउने र श्रीमतीको भर परेर विदेशमा बसेको श्रीमान्लाई श्रीमतीले धोका दिएको कथा समेटिएको छ । 

यस गीतलाई रामले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । 

 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया