यू-१८ महिला साफ च्याम्पियन्सिप : उपाधि बंगलादेशको पोल्टामा, नेपाल उपविजेतामा सीमित

 असोज २१, २०७५ आइतबार २०:५४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल यू १८ महिला साफ च्याम्पियन्सिप फुटबलमा उपविजेता भएको छ । फाइनलमा बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएपछि नेपाल उपविजेतामा सीमित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा बंगलादेशले दोस्रो हाफको सुरुवातमै गोल गरेको थियो । 

४९ औं मिनेटमा बंगलादेशका लागि मोउसिरा प्रविनले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि निर्धारित समय भित्र नेपालले गोल फर्काउन नसकेपछि बंगलादेशको एक मात्र गोल नै निर्णायक भयो । 

समूह चरणको खेलमा पनि बंंगलादेशसँग नेपाल पराजित हुँदै उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा पेनाल्टी सुट आउटमा भारतलाई पाखा लगाउँदै फाइनल पुगेको नेपाल उपविजेतामा सीमित हुन बाध्य भयो । यस्तै आजै भएको तेस्रो स्थानको खेलमा भुटानमाथि भारतले १–० को जित निकालेको थियो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया