पानी सर्केर मृत्यु

 असोज २२, २०७५ सोमबार ५:५१:५२ | रासस

रामेछाप - जिल्ला कारागार कार्यालय रामेछापमा कैद भुक्तान गरिरहेका एक  कैदीको ज्यान गएको छ । लागुऔषध मुद्दामा छ वर्षको कैदी जीवन बिताइरहेका रुपन्देही जिल्ला साविकको वनकट्टी गाविस–९ का ३९ वर्षीय सुशील श्रेष्ठको ज्यान गएको हो । 

पानी पिउने बेलामा सर्केर कारागारभित्र नै ढलेका कैदी श्रेष्ठको उपचारको क्रममा जिल्ला अस्पताल रामेछापमा आइतबार ज्यान गएको जिल्ला कारागार कार्यालय रामेछापका निमित्त प्रमुख प्रमोद अधिकारीले जानकारी दिनुभयो । २०६९ चैत १२ गते कैद परेको कैदी सुशील श्रेष्ठलाई २०७३ माघ १३ गते रुपन्देही जिल्लाबाट रामेछाप कारागारमा सारिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया