चेल्सीको सहज जित

 असोज २२, २०७५ सोमबार ६:३६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबल आइतबार राति भएको खेलमा साउथ ह्याम्पटनमाथि ३–० को जित निकालेको छ ।  

८ खेलबाट चेल्सीले २० अंक पुर्‍याएको छ । खेल अघि चेल्सी पाँचौं स्थानमा थियो । चेल्सीको जितमा इडन हाजार्ड, रोस ब्रेक्ले र एल्भारो मोराटाले एक–एक गोल गरेका थिए । 

३३ औं मिनेटमा इडन हार्जाडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको चेल्सीले दोस्रो हाफमा २ गोल थपेको थियो ।

५७ औं मिनेटमा रोस ब्रेक्लेले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । तर इन्जुरी समयमा एल्भारो मोराटाले गोल गर्दै चेल्सीलाई ३–०को जित दिलाएका थिए ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया