ला लिगा : दोस्रो स्थानमा झर्‍याे बार्सिलोना

 असोज २२, २०७५ सोमबार ७:३८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगाका अन्तर्गत आइतबार राति भएको खेलमा भ्यालेन्सियासँग बराबरीमा रोकिएपछि बार्सिलोना दोस्रो स्थानमा झरेको छ । ला लिगामा लगातार खराब प्रदर्शन गर्दै आएको बार्सिलोनाको यो चार खेलमा तेस्रो बराबरी हो । 

पछिल्लो चार खेलमा बार्सिलोनाले तेस्रो बराबरी तथा एक हारको नतिजा निकालेको छ । भ्यालेन्सियाको मैदानमा भएको खेलमा लियोनेल मेसीले बराबरी गरेपछि बार्सिलोनाले गुमाइसकेको खेलबाट अंक खोसेको हो ।

खेलको दोस्रो मिनेटमा नै इजिक्वेल गेराईले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । २३औं मिनेटमा मेस्सीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । उनले स्वारेजको पासमा गोल गरेका थिए । बाँकी समयमा गोल हुन नसक्दा बार्सिला्ेनाले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । 

बार्सिलोना आठ खेलबाट १५ अंक सहित दोस्रो स्थानमा छ । पछिल्लो चार खेलमा लगातार जित हात पार्दै सेभिया भने शीर्ष स्थानमा उक्लिएको छ । सेभियाले आफ्नो मैदानमा सेल्टा डि भिगोलाई २–१ ले हरायो । 

सेभियालाई पाब्लो सारावियाले ३९औं मिनेटमा अग्रता दिलाएका थिए । जेसस नभासको पासमा उनले गोल गरे । ६१औं मिनेटमा बेन येडरले गोल गरेपछि सेभियाले २–० को अग्रता दिलाएका थिए । उनले पाब्लो सारावियाको पासमा गोल गरेका थिए ।

८५औं मिनेटमा सोफान बउफलले सेल्टाका लागि गोल गरे । त्यसपछि गोल हुन नसक्दा सेल्टा पराजित भयो । जितसँगै सेभिया १६ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया