विश्वकप टी–२० क्रिकेट छनोटमा भाेलि नेपाल र भुटान खेल्ने

 असोज २२, २०७५ सोमबार ७:४६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

मलेसियामा भैरहेको विश्वकप टी-२० छनोट क्रिकेटमा मंगलबार नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

समूहमा लगातार तीन खेलमा जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाल मंगलबारको खेल पनि अाफ्नाे पक्षमा पार्ने दाउमा हुनेछ । जारी प्रतियाेगितामा भुटानले एक खेल मात्रै जितेको छ ।

सात टोली सहभागी एसियाली समूह बी को छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली अर्को चरणको छनौटका लागि जानेछन् ।

पहिलाे खेलमा म्यानमार र दाेस्राे खेलमा मलेसियामाथि नेपालले ८ विकेटकाे जित निकालेकाे थियाे । तेस्राे खेलमा थाइल्याण्डलार्इ १४० रनले पाखा लगाएकाे थियाे ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया