हराएका इन्टरपोलका प्रमुख चीनमा भेटिए

 असोज २२, २०७५ सोमबार ८:१०:९ | एजेन्सी
unn.prixa.net

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेंग होंगवेइ आफ्नो नियन्त्रणमा रहेको चीनले स्वीकार गरेको छ । होंगवेइले चीनका केही कानुन उल्लंघन गरेकाले पक्राउ गरिएको चीनले जनाएको छ ।

होंगवेइ गएको सेप्टेम्बर २५ तारिखमा इन्टरपोलको मुख्यालय पेरिसबाट बेपत्ता भएका थिए । चीनले उनलाई कुन आरोपमा पक्राउ गरेको हो भन्ने अहिलेसम्म थाहा हुन नसकेको बीबीसीले जनाएको छ ।

चीनको जनसुरक्षा विभागका उपमन्त्री भैसकेका होंगवेइ इन्टरपोलको प्रमुख हुने पहिलो नागरिक समेत हुन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया