खाद्य संस्थानले बजार भाउभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा खसीबोका बिक्री गर्ने

 असोज २२, २०७५ सोमबार ८:५२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल खाद्य संस्थानले दसैंका लागि बिक्री हुने च्यांग्रा तथा खसीबोका बजारमा भन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा बिक्री गर्ने भएको छ ।

यसपटक किसानसँगबाट किन्दा च्यांग्रा प्रतिकिलो १० रुपैयाँ महँगो परे पनि बजारको भाउ भन्दा सस्तोमा बिक्रि गरिने संस्थानका विभागीय प्रमुख श्रीमणीराज खनालले जानकारी दिनुभयो । दसैंका लागि मुस्ताङबाट च्यांग्रा खरिद भैसकेको र हेटौंडा, चितवनलगायतका ठाउँबाट खसीबोका खरिद गर्ने तयारी भैरहेको पनि उहाँले बताउनुभो ।

संस्थाले यो वर्ष १ हजार च्यांग्रा र १ हजार खसिबोका घटस्थापनाको अर्को दिनदेखि बिक्रीका लागि राखिने जनाएको छ । 

यसैबीच संस्थानले देशभरीका सहुलियत पसलमा गएर संस्थानका दैनिक उपभोग्य वस्तु खरिद गर्न आग्रह गरेको छ । बजारमा भन्दा सस्तो र गुणस्तरीय सामान पाइने भएकाले सहुलियत मूल्य पसलमा गएर दसैंको लागि सागम्री किन्न संस्थानले आग्रह गरेको हो ।

काठमाडौं उपत्यकाको रामशाहपथ, नख्खु, महाराजगञ्ज, कलंकी, सूर्यविनायक, टेकुलगायतका स्थानमा र केही ठाउँमा घुम्ती सहुलियत पसल सञ्चालन गरिएको संस्थानको दावी छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया