वाह ! हिमालको काखमा यस्तो राम्रो क्रिकेट मैदान

 असोज २२, २०७५ सोमबार १०:२०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – आउँदो कात्तिक ९ गतेदेखि २० गतेसम्म हुने पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटको लागि पोखरा मैदानको काम अन्तिम चरणमा पुगेको छ । क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले पोखरामा गर्न लागेको पीपीएलको लागि मैदानको पिच र प्याराफिटको काम अन्तिम चरणमा पुगेको हो ।

बर्खा सकिएसँगै हिमाल खुलेका छन्, मैदानबाट हिमालहरु प्रष्टै देखिने भएकाले मैदान निकै सुन्दर देखिएको छ । कप्तान पारस खड्काले सुन्दर पोखरा रंगशालाको फोटो ट्वीट गरेका छन् । 

आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रमुख छुम्बी लामाले पीपीएल अन्तर्राष्ट्रिय खेलाडी पनि आउने भएकाले हिमाल हेर्दै क्रिकेट खेल्न र हेर्न पाइने पोखराको बारेमा ठूलो प्रचारप्रसार हुने जानकारी दिनुभयो । विश्वमा यस्ता सुन्दर मैदान कम मात्रै भएकाले पोखरालाई क्रिकेट पर्यटनको रुपमा विकास गर्न सकिने पनि उहाँले बताउनुभो ।

पोखरा प्रिमियर लिगमार्फत सुन्दर मैदानको प्रचार प्रसार भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले न्युट्रल मैदानको रुपमा पोखरालाई छनौट गर्ने सम्भावना बढेको पनि लामाले जानकारी दिनुभयो । 

६ वटा टिमले खेल्ने पीपीएलका लागि खेलाडीको अक्सन भैसकेको छ भने विदेशी खेलाडी किन्ने क्रम चलिरहेको छ । 

 
तस्बिर : छुम्बी लामा 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया