पुनर्निर्माण : रसुवाका ७४ प्रतिशतलाई तेस्रो किस्ता

 असोज २२, २०७५ सोमबार १५:४५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

रसुवा – रसुवाका ७४ प्रतिशत भूकम्प पीडितले तेस्रो किस्ता बुझेका छन् ।

रसुवामा ३९ महिनामा झण्डै ७४.१५ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता बुझेका हुन् । रसुवामा १२ हजार ४ सय ९० लाभग्राही रहेका छन् । जसमा ११ हजार ३ सय ६८ ले पहिलो, १० हजार १ सय ६० ले दोस्रो र ८ हजार ४ सय ३ ले तेस्रो किस्ता बुझेका छन् ।

रसुवामा पछिल्लो समय पुनर्निर्माणले गति लिएको जिल्ला आयोजना कार्यान्वयन इकाईले रसुवाले जनाएको छ । घर निर्माणले गति लिएसँगै भूकम्प पीडित निर्माण सामग्री जुटाउन व्यस्त देखिन्छन् ।

सडक सञ्जालले नजोडिएको र सामग्री लिनका लागि टाढासम्म जानुपर्दा पीडितले सास्ती खेपिरहेका छन् । स्थानीय तहले बस्तीहरूमा सडक विस्तार गरेका कारण ढुवानी गर्न केही सहज भएको छ । वर्षाको कारण क्षति पुगेका सडक अहिले मर्मत गर्ने तयारी थालिएको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया