तस्बिर आफै बोल्छ : आमाको चितामा ७ वर्षीय बालकको नजर

 असोज २२, २०७५ सोमबार १७:२८:२७ | गोविन्द शर्मा

बाँके – तस्बिरमा देखिएका नाबालक बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँका नरेन्द्र बिसी र लक्ष्मी बिसीका ७ वर्षीय छोरा हुन् । 

उनले एकतर्फी नियालिरहेको बलिरहेको आगो सामान्य आगो नभएर उनकी आमा लक्ष्मीको बलिरहेको चिताको हो । यो दृश्य सोमबार बिहानको हो । घरनजिकै रहेको किरणनाला घाटमा लक्ष्मीको मलामीमा पुगेका जोकोहीका पनि आँखा यो दृश्यले रसायो । ७ वर्षीय विपिनले आमा लक्ष्मीको पार्थिव शरीरमा दागबत्ती समेत दिए ।

आमाको मृत्युको बारेमा अञ्जान देखिएका विपिनले एकोहोरो आमाको बल्दै गरेको चितामा हेरिरहेपछि मलामीहरु सबैका आँखा रसाएका थिए । क्यान्सर रोगबाट पीडित ३७ वर्षीया लक्ष्मीको  आइतबार राति निधन भएको हो ।

लक्ष्मीका श्रीमान, एक छोरा र एक छोरी रहेका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया