म्याथ्यू हेडेनको घाँटी भाँचियो

 असोज २२, २०७५ सोमबार १७:३८:१६ | एजेन्सी
unn.prixa.net

अष्ट्रेलियाली क्रिकेट टिमका पूर्व ब्याट्सम्यान म्याथ्यू हेडेनको घाँटी ‘फ्र्याक्चर’ भएको छ ।

सर्फिङ गर्ने क्रममा उनको घाँटीको हड्डी भाँच्चिएको हो । ४६ वर्षीय हेडेनले फोटो इन्स्टाग्राममा राखेका छन् । फोटो सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘आफूलाई उद्धार गर्न सहयोग गर्ने स्ट्राडब्रोक टापुका साथीहरुप्रति आभारी छु ।’

क्रिकेट करिअरमा अष्ट्रेलियाका लागि ८,६२५ रन बनाएका हेडेनले १०३ टेस्टमा ३० वटा शतक समेत बनाएका छन् । सन् २००९ मा सन्यास लिएका हेडेनले सन् २००३ मा जिम्बाब्वेविरुद्ध ३० रन बनाएका थिए । जुन त्यसबेलाको कीर्तिमान थियो ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया