'छक्का पञ्जा ३' ले पायो सर्वाधिक शो, अग्रिम टिकट बुकिङ खुल्ला

 असोज २३, २०७५ मंगलबार ६:३७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

यस वर्षकै सर्वाधिक प्रतिक्षित चलचित्र छक्का पञ्जा ३ को टिकट बुकिङ खुल्ला गरिएको छ । चलचित्र असोज २४ गते  घटस्थापनाका दिनबाट प्रदर्शनको तयारीमा छ । 

चलचित्रको प्रदर्शनका लागि एक दिन मात्र बाँकी रहेका बेला चलचित्र युनिटले अग्रिम टिकट बुकिङ खुल्ला गरेको  हो । काठमाडौं उपत्यकाका ८५ भन्दा धेरै मल्टिप्लेक्स हलहरुमा टिकट बुकिङ गर्न सकिने छ । दर्शकलाई चलचित्र हेर्न सहज होस भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले जानकारी दिए ।

शो खुला गरेको खबर बाहिरिना साथ क्युएफएक्स अन्तर्गतका हलमा दर्शकले आफ्नो टिकट सुरक्षित गर्न सुरु गरि सकेका छन्  ।  ‘छक्का पञ्जा २’ लाई भन्दा ‘छक्का पञ्जा ३’ लाई क्युएफएक्सले ६ शो बढी उपलब्ध गराएको निर्माता गिरीले बताएका छन्  ।

दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे कार्यकारी निर्माता रहेको चलचित्र छक्का पञ्जा ३ लाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दिपकराज गिरी दीपिका प्रसाई ,जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया