जोखिममा रहेका बस्ती स्थानान्तरण : ४१ महिनामा ४२ प्रतिशत काम

 असोज २३, २०७५ मंगलबार ८:२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – भूकम्पका कारण जोखिममा परेका बस्ती स्थानान्तरणको काम ४२ प्रतिशत सकिएको छ ।
 
भूकम्प गएको ४१ महिना बितिसक्दा समेत प्रभावकारी रूपमा काम हुन नसक्दा स्थानान्तरणको काम सुस्त भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले चार पटकसम्म अध्ययन गरेको थियो । अध्ययनबाट जिल्लाको ८ सय ४४ घर जोखिममा परेको देखिएको थियो । 

जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार हालसम्म ३ सय ५७ परिवारको मात्रै स्थानान्तरण भएको छ ।

कार्यालयका अनुसार जिल्लाको उत्तरगयामा ४ सय ४० मध्ये १ सय ८२, कालिकामा २६ मध्ये १४, नौकुण्डमा १ सय २६ मध्ये १९, गोसाइकुण्डमा २० मध्ये १३ र आमाछोदिङ्मो गाउँपालिकामा २ सय २ मध्ये १ सय २४ परिवारको स्थानान्तरण भएको छ ।

जिल्लामा भिरालो जमिन रहेको र बस्ती स्थानान्तरणका लागि उपयुक्त जग्गा खोज्न कठिनाइ भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाले जनाएको छ । 


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया