नेपालले दियाे भुटानलाई १५१ रनकाे लक्ष्य

 असोज २३, २०७५ मंगलबार ९:२३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी–२० विश्वकपका लागि एसिया उपक्षेत्रीय छनोट अन्तर्गत नेपाल र भुटानबीच पतिस्पर्धा भइरहेको छ । टस हारेर व्याटिङ गरेकाे नेपालले भुटानलाई १५१ रनको विजय लक्ष्य पेश गरेको छ ।

मलेसियाको युकेएम ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नेपालले ४ विकेटको क्षतिमा १५० रन बनाएको छ । पहिलो बलमै आपनर बिनोद भण्डारीलाई गुमाएको नेपालले त्यसयता सशक्त प्रदर्शन गरेको थियो ।

नेपालका लागि अर्का ओपनर प्रदीप ऐरीले ७५ रनको शानदार अविजित पारी खेले । उनले ६८ बलमा २ छक्का र ६ चौका पहार गरे । प्रदीपले दोस्रो विकेटका लागि अनिलकुमार साहसँग मिलेर ६६ रनको साझेदारी गरे ।

अनिल १२औं ओभरमा व्यक्तिगत २७ रनमा आउट भएपछि आएका आरिफ शेखसँग उनले ३३ रनको साझेदारी गरे । आरिफले १३ रन बनाए भने उनी आउट भएपछि आएका दीपेन्द्र सिंह ऐरीले १५ रन बनाए । ५ बलमा ११ रन जोडेका करण केसी नटआउट रहे । बलिङतर्फ भुटानका सञ्जीवन गुरुङ, रमेश लिम्बु, थिन्ले जम्सो र टाण्डिन वाङचुकले एक एक विकेट लिए ।

मलेसियाको यूकेएम ओभल मैदानमा हुने खेलमा नेपाल आफ्नो अपराजित यात्रालाइ कायमै राख्ने लक्ष्यमा छ । जारी प्रतियोगितामा नेपाल अहिलेसम्म एउटा खेल पनि हारेको छैन । यसअघिका तीनै खेलमा उसले भारी अन्तरमा जित निकालेको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया