२०२२ को युथ ओलम्पिक गेम्सको आयोजना सेनेगलले गर्ने

 असोज २३, २०७५ मंगलबार १०:१०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

सन् २०२२ को युथ ओलम्पिक गेम्सको आयोजनाको जिम्मा सेनेगलले पाएको छ । सोमबार राति अन्तराष्ट्रिय ओलम्पिक कमिटीले सेनेगललाई युथ ओलम्पिक आयोजनाको जिम्मा दिएको हो ।

सेनेगलका तीन वटा शहरमा हुने प्रतियोगिता पहिलो पटक अफ्रिकी देशले आयोजना गर्न लागेको हो । अर्जेन्टिनामा जारी युथ ओलम्पिकमा सहभागि आइओसीका प्रतिनिधीले सेनेगलको पक्षमा हात खडा गरेपनि उसले यो अवसर पाएको हो ।

यो प्रतियोगिता आयोजनाका लागि चार वटा अफ्रिकी देशले विडिङ गरेका थिए । जसमा बोटवाना, टयुनिसीया, नाइजेरीया र सेनेगल थिए । तर अन्तिममा सेनेगलले यो मौका पाएको छ ।

अब सेनेगलले राजधानी डाकारसहित डाइमिनीडियो र सालेमा यो प्रतियोगिता गर्नेछ । सेनेगलका राष्ट्रपतिले यो प्रतियोगिता आयोजना गर्नपाउनु देशका लागि गर्वको विषय रहेको बताएका छन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया