नेपालको लगातार चौथो जित, भुटान ११७ रनले पराजित

 असोज २३, २०७५ मंगलबार १०:३९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटमा नेपालले लगातार चौथो जित निकालको छ । आज भएको खेलमा नेपालले भुटानलाई एक सय १७ रनले पराजित गर्‍याे ।

युकेएम ओभल मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा चार विकेट गुमाउदै एक सय ५० रन बनायो । नेपालले ६ रन हुँदा पहिलो विकेट गुमायो । दोस्रो विकेटका लागि अनिल शाह र प्रदिप ऐरी विच ६६ रनको साझेदारी हुँदा नेपालले खेलमा पकड बनायो । तर अनिल २७ रनमा आउट हुँदा नेपालले दोस्रो विकेट गुमायो ।

नेपालको स्कोर एक सय पाँच रन हुँदा तेस्रो विकेट झर्यो । आरिफ शेख १३ रनमा आउट हुन पुगे । दिपेन्द्र ऐरी र प्रदिप ऐरीले अविजीत ७५ रन बनाए भने करण केसीले ११ रनको योगदान गरे ।

जवाफमा नेपाली दुई स्पिनरको अगाडि कमजोर देखिएको भुटान १६ ओभर चार बलमा ३३ रनमा अलआउट भयो । नेपालले भुटानको स्कोरबोर्डमा एक रन पनि नहुदा दुई विकेट लियो । भुटानको स्कोर नौ रन हुँदा ६ विकेट झर्यो । 

ललितले चार ओभरमा चार रन खर्चिदै तीन विकेट लिए भने सन्दिपले चार ओभरमा ६ रन खर्चिए । दवैले दुई–दुई ओभर मेडेन राखेका थिए । भुटानका एक खेलाडीले मात्र दोहोरो अंक जोड्दा बाँकि खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

नेपालका लागि बसन्त रेग्मीले दुई तथा दिपेन्द्र ऐरी र शरद भेषवाकरले एक–एक विकेट लिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • जीवन पाेखरेल

    Oct. 9, 2018, 1:58 p.m.

    खुशी लाग्यो नेपाली क्रिकेट टोलीको जितकाे खबर सुन्दा ।बधाई छ नेपाली क्रिकेट टाेलीलाई यसरी नै जितकाे खुशी देउ सारा नेपालीलाई ।

  •  0 Reply

तपाईको प्रतिक्रिया