शिकारलाई भनेर हानेको गोलीले साथीको ज्यान लियो

 जेठ २४, २०७५ बिहिबार १४:३७:४३ | उज्यालो सहकर्मी

भोजपुर – भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा शिकार खेल्न जाँदा गोली लागेर एकजनाको ज्यान गएको छ ।

आमचोक गाउँपालिकाको दुम्माना भन्ने ठाउँको जंगलमा हर्कबहादुर राईले हानेको भरुवा बन्दुकले लागेर विहीबार बिहान धनबहादुर राईको ज्यान गएको भोजपुर प्रहरीले जनाएको छ । 

हर्कबहादुर र धनबहादुर साथी साथी भएको र दुवै मिलेर शिकार खेल्न दुम्मानाको जंगलमा गएका थिए ।

घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया