‘प्रेमनाथ’ को सकियो शूटिङ, कृति गौतमको डेब्यू

 असोज २३, २०७५ मंगलबार १३:२५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – चलचित्र ‘प्रेमनाथ’को शूटिङ सम्पन्न भएको छ । चलचित्रका केही दृश्य छायांकन गर्न बाँकी भए पनि चलचित्रको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ ।  

चलचित्रका निर्देशकका अनुसार प्रारम्भिक चरणको सम्पादनको काम पनि सुरु भइसकेको छ । कृति गौतमले डेब्यू  गरेको चलचित्र प्रेमनाथको शूटिङ कपिलवस्तु, दाङ, रोल्पालगायतका ठाउमा गरिएको बुझिएको छ । 

चलचित्र प्रेमनाथ नेपालसँगै भारतमा समेत रिलिज गर्ने तयारी चलचित्र निर्माण टिमले गरेको छ । नेपालमा चलचित्र वितरणको जिम्मा गोपाल कायस्थले लिएका छन् । भारतमा वितरणको जिम्मा भने बर्चस्व इन्फ्राटेक प्रालिका उमेश सिंहले लिएका बुझिएको छ । चलचित्रको रिलिज भने २०७६ को  जेठमा गर्ने तयारी भइरहेको बुझिएको छ ।

चलचित्रको निर्देशन गणेश बेलबासेले गरेका हुन् । ‘उहिले बाजेको पालामा’पछिबेलबासेले चलचित्र‘प्रेमनाथ’को निर्देशन गरेकाहुन् । चलचित्रका कार्यकारी निर्माता कपिलप्रसाद द्वा हुन् । चलचित्रमा भरत क्षेत्रीको द्वन्द्व रहेको छ भने सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीले संगीत दिएका छन् । चलचित्रका गीतहरुमा राजेश पायल राई, भुपु पाण्डे, सूची पन्थी र बेनुका राईको स्वर सुन्न सकिन्छ ।

चलचित्रमा कमल गाउँले, निर शाह, कृति गौतम,सुरवीर पण्डित, राज थापा, मियुम जिरेल, शेखरजंग मल्ल, मोनालिसा विष्ट, सम्झना भेटवाल, पूजा रिमाललगायतको अभिनय रहेको छ भने निर्देशक गणेश बेलबासेले पनि चलचित्रमा अभिनय गरेका छन् ।

चलचित्रमा निर्देशक बेलबासे खलनायकको रुपमा प्रस्तुत भएको बुझिएको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया