पुनर्निर्माण प्राधिकरणले पुनर्निर्मित विद्यालय भवन समितिलार्इ हस्तान्तरण गर्याे

 असोज २३, २०७५ मंगलबार १३:४२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको कालिमाटीमा रहेकाे जनप्रभात माध्यमिक विद्यालय भवन पुनर्निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । 

मंगलबार एक कार्यक्रमकाबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन र काठमाडौं जिल्ला कार्यान्वयन शिक्षा इकाईले विद्यालयको पुनर्निर्मित भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

६४ लाख ८६ हजारमा निर्माण गरिएको चारकोठे भवनका कारण विद्यालयको पठनपाठन सहज हुने काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले विश्वास व्यक्त गर्नुभयो । उहाँले निजी विद्यालयसँग प्रतिस्पर्धा गरेर अघि बढ्न पनि महानगरपालिकाभित्रका सामूदायिक विद्यालयहरुलाई आग्रह गर्नुभयो ।

विक्रम संवत २००८ सालमा स्थापना गरिएको विद्यालयकाे भवनलार्इ २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको थियो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया