विचारधीन मुद्दाका समाचार लेखेकोमा प्रधानन्यायाधीश मिश्रको असन्तुष्टि

 असोज २३, २०७५ मंगलबार १६:८:५६ | उज्यालो सहकर्मी

काठमाडौं – प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा सञ्चारमाध्यमले समाचार लेखेकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ । 

प्रधानन्यायाधीश मिश्रले विचाराधीन मुद्दामा समाचार लेख्दा न्यायमा असर परेको र न्यायालयमा क्षति पुगेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । मंगलबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले दसैं, तिहार, छठलगायतका पर्वको अवसर पारेर काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उहाँले अदालतलाई क्षति पुर्‍याउने, मानव अधिकार र न्यायमा असर पर्नेगरी काम गर्न दिनु हुँदैन भन्ने विषयमा आफू सचेत रहेको पनि स्पष्ट पार्नुभयो ।

प्रधानन्यायाधीश मिश्रले न्याय सेवाको सुधारका लागि सम्बन्धित सबै निकायलाई सहयोग गर्न पनि आह्वान गर्नुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया