सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा बनाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट !

 असोज २३, २०७५ मंगलबार १६:२६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा बनाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरवार काठमाडौंसहित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सभामुख अर्जुनबहादुर थापा र राजधानी तथा नामाकरण सम्बन्धमा गठित विशेष समितिका संयोजक तारा लामा तामाङ्गको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

उक्त वडामा पर्ने अन्तराष्ट्रिय महत्वको जैविक मार्ग अन्तर्गतको चुरे भावर क्षेत्रको वन मासेर राजधानी बनाउन नहुने भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थायी घर भइ हाल काठमाडौंमा बस्दै आउनु भएकी अधिवक्ता देवीकुमारी जोशीले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको हो ।

उहाँले ‘उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश पूर्जी जारी गरी पाउँ’ भनेर रिट निवेदन दर्ता गराउनुभएको हो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया