नेपाल टेलिकमको यस्तो छ दसैँ अफर

 असोज २३, २०७५ मंगलबार १७:३९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल टेलिकमले नेपालीहरुको आसन्न महान चाड विजया दशमीको उपलक्ष्यमा दिने सेवा सुविधाहरु सार्वजनिक गरेको छ ।

टेलिकमले दसैँको अवसरमा अनलिमिटेड भ्वाइस तथा एसएमएस प्याक दिने घोषणा गरेको छ । अनलिमिटेड प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ ।

६०० ब्यालेन्समा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराइने छ । सो प्याक अन्तर्गत १ जीबी पिक आवर (बिहान ६ बजेदेखि राति १० बजेसम्म) र १ जीबी ‘अफपिक आवर’ (राति १० देखि बिहान ६ बजेसम्म) प्रयोग गर्न सकिन्छ । सोही प्याक ७ दिन समयावधिका लागि मात्र ३०० ब्यालेन्समा समेत उपलब्ध हुनेछ । 

प्याक लिने सेवाग्राहीलाई ‘वाउ टाइम’ (WOW Time) र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क उपलब्ध गराइने छ । 

टेलिकमको भ्वाइस प्याक अन्तर्गत ६ रुपैयाँ ब्यालेन्समा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने छ । एक दिनका लागि मात्र उपलब्ध हुने त्यो सुविधा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ ।

टेलकमको डाटा प्याक अन्तर्गत ३६ एमबी डाटा ६ रुपैयाँमा एक दिनका लागि उपलब्ध हुनेछ । सो डाटा पनि बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । यी अफरहरु आउँदो असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने छ । 

अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415*9# डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि प्याकेज खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।   

टेलिकमले रिचार्जमा बोनस पनि दिने जनाएको छ । आउँदो असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ । १०० रुपैयाँ र २०० रुपैयाँको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्ज मार्फत रिचार्ज गर्दा १० प्रतिशत र ५०० रुपैयाँ र १००० रुपैयाँको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ । १०० रुपैयाँ र २०० रुपैयाँको बोनस ३ दिन भित्र र ५०० रुपैयाँ र १००० रुपैयाँको बोनस ५ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ । 

त्यसैगरी एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र त्यो बोनस ५ दिनभित्र उपभोग गरिसक्नुपर्नेछ । 

आउँदो असोज ३० देखि कात्तिक ६ गतेसम्म एडीएसएल–एफटीटीएच तथा वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ७ गतेसम्म थप गरिने छ । यसबाट बीचैमा समय सकिए पनि ग्राहकहरुको सेवा सुचारु भइरहने छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

3 Comments

  • Dev Nrayan

    Oct. 11, 2018, 2:07 p.m.

    प्रतिष्पर्धाको बजारमा एन टि सि संधै अगाडि रहोस् र ग्राहकले न्यूनतम मुल्यमा सबै सुविधा पाओस /

  •  0 Reply
  • डिल्ली भट्टराई

    Oct. 11, 2018, 1:20 a.m.

    इलेक्ट्रोनिक रिचार्ज कस्तो हुन्छ र एम्पोस रिचार्ज कस्तो हुन्छ

  •  0 Reply
  • Sujan Paudel

    Oct. 9, 2018, 11 p.m.

    Good officer

  •  0 Reply

तपाईको प्रतिक्रिया