प्रियंका चोपडाको नेपाली चलचित्रलाई दुई पुरस्कार

 असोज २३, २०७५ मंगलबार १८:१३:७ | एजेन्सी
unn.prixa.net

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको होम प्रोडक्सनमा निर्माण भएको नेपाली चलचित्र ‘पाहुना’ लाई दुई वटा पुरस्कार प्रदानगरिएको छ । 

जर्मनीको श्लिंगेल अन्तर्राष्ट्रिय बाल फिल्म महोत्सवमा उनले निर्माण गरेको चलचित्रलाई सर्वश्रेष्ठ फिल्म ज्यूरी च्वाइस र अन्तर्राष्ट्रिय फिचर फिल्मको श्रेणीमा प्रोफेसनल ज्यूरीद्वारा विशेष उल्लेख पुरस्कार प्रदान गरिएको हो ।

चलचित्र पाहुनाका निर्देशक पाखी ए टायरवालाले ट्विटरमार्फत पोस्ट गर्दै चलचित्रका लागि विश्वास देखाएकोमा प्रियंकालाई धन्यवाद समेत व्यक्त गरेका छन् । अभिनेत्री प्रियंका चोपडाले उक्त पोस्टलाई आफ्नो ट्विटर एकाउन्टमा शेयर गर्दै, ‘पाहुना’ माथि आफलाई सरुवातदेखि नै भरोसा र विश्वास भएको बताएकी छन् । उनले उक्त पोस्टमा संसारभरबाट मिलेको प्रतिक्रियाबाट खुसी भएको उल्लेख गरेकी छिन् । 

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया