सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार

 असोज २३, २०७५ बुधबार ५:३६:३० | रासस

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिशमा नेपालको संविधानको धारा १६८ बमोजिम आज मन्त्रिपरिषद् विस्तार गरिएको छ ।

विस्तारित मन्त्रिपरिषद्मा कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट प्रदेशसभामा निर्वाचित सदस्य प्रकाश रावल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । रावल तत्कालीन नेकपा एमालेका नेता हुनुहुन्थ्यो । 

नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री रावलले मुख्यमन्त्री भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नौ महीनाअघि मुख्यमन्त्री भट्टको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद् विस्तार भएसँगै सुदूरपश्चिम प्रदेश सरकारमा एक राज्यमन्त्रीसहित मन्त्रीको सङ्ख्या आठ पुगेको छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया