नेपाल मेडिसिटीमा अब्स्टेट्रिक क्रिटिकल केयर वर्कशप सम्पन्न

 जेठ २४, २०७५ बिहिबार १५:१८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – स्त्री तथा प्रसुति रोग विशेषज्ञहरुको ‘अब्स्टेट्रिक क्रिटिकल केयर वर्कशप’ नेपाल मेडिसिटीमा सम्पन्न भएको छ । 

नेपाल सोसाइटी अफ अब्स्टेट्रिसियन तथा गाइनोकोलोजिष्टहरुको १५ औं राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामाप्रि–कन्फरेन्स वर्कशपमा नेपालका विभिन्न स्थानहरुबाट करिब ६० जना स्त्री तथा प्रसुति रोग विशेषज्ञहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डाक्टर उपेन्द्र महतोले स्वास्थ्यलाई संस्कृतिको रुपमा विकास गरी प्रत्येक नेपालीले आफू र सबैलाई स्वस्थ्य बनाउनु पर्ने बताउनुभयो ।

चिकित्सकहरुले अब नेपालीहरुलाई उपचारको लागिविदेश पठाउदिन भन्ने संकल्पगर्नुपर्ने बताउनुभयो । नेपाल मेडिसिटी अस्पताल मात्र नभई एक अभियान भएकोले अब नेपालीहरुको उपचार देशमै सम्भव बनाउने प्रयास गरिरहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर निरा सिंहले फिजियोलोजी इन क्रिटिकल केयर अब्स्टेट्रिक्सको बारेमा जानकारी गराउनु भएको थियो ।

नेपाल मेडिसिटी अस्पतालको एनेस्थेसियोलोजी विभागका प्रमुख डाक्टर अपूर्व शर्माले एसेसमेन्ट अफ क्रिटिकल्ली इल पेसेन्ट तथा कार्डियोलोजी तथा क्रिटिकल केयर विभागका प्रमुख डाक्टर लवनर्सिङ्ग जोशीले कार्डियाक इभ्यालुएसन इन अब्स्टेट्रिक्सको बारेमा जानकारी गराउनु भएको थियो । 

त्यसैगरी नेपाल मेडिसिटी अस्पतालकै डाक्टर दिप्तेश अर्यालले सेप्सिस एण्ड मल्टी अर्गान फेलुअर इन अब्स्टेट्रिक्स पेसेन्ट, रेडियो इमेजिङ्ग विभागका प्रमुख डाक्टर रामकुमार घिमिरेले रोल अफ इमेजिङ्ग एण्ड सोनोलोजीइन क्रिटिकल्ली पेसेन्ट र मेडिकल इस्यूज इन प्रेग्नेन्सीका बारेमा नेपाल मेडिसिटी अस्पतालका पल्मोनोलोजिष्ट डा. संजितकृष्ण श्रेष्ठले बताउनुभयो ।

कार्यक्रमको दोश्रो चरणमा प्रयोगात्मक ज्ञान आदानप्रदान गरिएको त्यस कार्यक्रममा रिसस्टिटेशन एण्ड हेमोडायलाईसिस म्यानेजमेन्ट, एयरवे म्यानेजमेन्ट एण्ड मेकानिकल भेन्टिलेसन, इमरजेन्सिज इन अब्स्टेट्रिक्स र इक्विपमेन्ट एण्ड टुल्सका बारेमा बताइएको थियो । 

कार्यक्रममा नेपाल सोसाइटी अफ अब्स्टेट्रिसियन तथा गाइनोकोलोजिष्टका डा. गणेश दंगाल र डा. अमिरबाबु श्रेष्ठले पनि आफ्नो धारणा राख्नुभएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया