४१ वटा पासपाेर्टसहित विक पक्राउ

 जेठ २४, २०७५ बिहिबार १५:२५:१० | रासस
unn.prixa.net

काठमाडाैं –  महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले विदेश पठाउने नाममा अवैध रुपमा राहदानी संकलन गरेको भन्दै एकजनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले काठमाण्डाैं २६ मित्रनगरमा रहेको होटल स्वर्गद्वारीबाट ४१ राहदानीसहित होटल सञ्चालक प्रेमबहादुर विकलाई बुधबार राति पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । 

प्रभागका प्रमुख मोहनविक्रम केसीले म्यानपावर व्यवसायीसँग मिलेर लाखौँ कमाउने गरी विदेश जानका लागि होटलमा आएका व्यक्तिसँग राहदानी संकलन गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । प्रभागले गोङ्गबु नयाँ बसपार्क क्षेत्रका अरु होटल तथा रेष्टुरेन्टमा पनि तत्काल अनुसन्धान गरिने बताएको छ । विकलाई थप अनुसन्धानका लागि राहदानीसहित वैदेशिक रोजगार विभाग पठाएको केसीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया